नेपाल आज गहिरो राजनीतिक उथलपुथलको छालमुनि छ। निर्वाचनको संघारमा उभिँदै गर्दा पुराना राजनीतिक दलहरू जनताको विश्वास गुमाएका छन्। उनीहरू सम्भावित पराजयको भयले आत्तिएका छन् र संसद विघटनको बाहानामा अल्झिँदै छन् । पुराना संरचना भत्किन थालेका छन्, तर नयाँ संरचना निर्माण गर्ने ठोस योजना, दूरदृष्टि र नैतिक शक्ति अझै प्रस्तुत भइसकेको छैन। यसैबीच केही नयाँ अनुहार…