असार १६, पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका(२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो । धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि रोपाइँ गर्न जाँदै गर्दा उनलाई बगाएको प्रहरीले जनाएको छ ।उनी बिउ बोकेर एक्लै खोला तरेका थिए । बाढीमा परेका कारण…