भैरहवा ९ जेठ । नेपाल प्रबेशमा सहज बनाएपछि रुपन्देही नाका भएर आउने नेपालीको संङ्ख्या ह्वात्तै बढेको छ ।आज मात्र अर्घाखाँचीका एक सय ५०, पाल्पाका ५१ तथा अन्य ५२ जिल्लाका करिब ६ सय जना नेपाल प्रबेश गरेका छन् । भारतको सुनौली बजारमा नेपाली आउने क्रम बढेपछि रुपन्देही प्रशासनले हरेक दिन नेपालीहरुलाई नेपाल प्रबेश गराउन थालेको हो…