सुर्खेत, १२ बैशाख । कर्णाली प्रदेश सरकारले लकडाउनका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई सोझै गन्तव्यस्थल पुग्न दिने, बाहिरबाट आएका, भाडा तिर्न सक्ने तर सवारी…