कपिलवस्तु, २५ बैशाख । आज २५६४ औं बुद्ध जयन्ती बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष रुपमा मनाउँदै छन् । बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बुद्ध जयन्तीका अवसरमा गरिने विशेष औपचारिक कार्यक्रमहरु लुम्बिनीमा आयोजना भएका छैनन । विगतका वर्षहरुमा आजको दिन लुम्बिनीमा श्रद्धालुहरूको भीड लाग्ने गरेको थियो…