अन्तर्राष्ट्रिय

किर्गिजस्तानमा‌ कोरोना भाइरसको सङ्क्रमणबाट पहिलो व्यक्तिको ज्यान गयो



काठमाण्डौ  २१ चैत्र । किर्गिजस्तानमा‌ कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट पहिलो व्यक्तिको ज्यान गएको छ । ६१ वर्षीय व्यक्तिको किराना सङ्क्रमणका कारण ज्यान गएको हो । कोरोना सङ्क्रमित ती व्यक्तिको दक्षिणी प्रान्त ओशमा रहेको एक अस्पतालमा उपचार भइरहेको थियो ।ज्यान गुमाउने व्यक्ति अरु गम्भीर प्रकृतिका रोगबाट पनि सङ्क्रमित भएको अधिकारीहरुले बताएका छन् । किर्गिजस्तानमा अहिलेसम्म एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६