गण्डकी

पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइन पठाईयो



म्याग्दी ६ बैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन बन्दाबन्दीको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन् । तीमध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए । पी ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन र जी ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । 

           सन् २०२० मार्च १० तारिखका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हँुदै घोडेपानी आइपुगेका हुन् । घोडेपानीबाट उनीहरुलाई भुरुङ तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो ।एकान्तवासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परीक्षण गरेर चिनियाँ राजदूतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । यसअघि लकडाउनकै अवधिमा अन्नपूर्ण गाउँपालिका–१ बेगमा दुई चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो । 

नेकपाको सहयोग 

               नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुरको राहत व्यवस्थापन गर्न रु दुई लाख ५७ हजार ८३३ सहयोग गरेको छ । मजदुर तथा निम्न वर्गका प्रभावित जनतालाई राहत वितरणमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले कोषको खातामा रकम जम्मा गरेको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेकपा म्याग्दीका नेता, कार्यकर्ता र शुभचिन्तकबाट स्वेच्छिकरूपमा आर्थिक सहयोग जुटाएर विपद् व्यवस्थापन समितिलाई सहयोग गरेको हो । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका निम्न वर्गका समुदाय प्रभावित भएका छन् ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६