अन्तर्राष्ट्रिय

कोरोनाको ‘एन्टी भाइरल’ औषधि परीक्षणमै किन भयो असफल



एजेन्सी १३ बैशाख ।  कोरोनाभाइरको संक्रमणमा विशेष प्रभावकारी हुने विश्वास गरिएको एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ । चीनमा गरिएको परीक्षण असफल भएसँगै कोरोना भाइरसको उपचारमा औषधि वा खोप प्रयोगमा तत्काल आइहाल्ने सम्भावना केही समयका लागि टरेको छ । खोप असफल भएसँगै वैज्ञानिकहरुमा निराशा छाएको छ । रेमडेसिवियर नामको उक्त ‘एन्टीभाइरल’ औषधिको पहिलो परीक्षण फेल भएको विवरण विश्व स्वास्थ्य संगठनको दस्ताबेजमा फेला परेको  बीबीसीले जनाएको छ ।

            कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधि दिइएकोमा बाँकी ७९ लाई प्लेसीबो दिइएको थियो। एक महिनापछि उक्त औषधि लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२।८ प्रतिशत बिरामीको मृत्यु भएको जनाइएको छ । कोरोना विरुद्धको भाइरस चिनमा गरिएको प्रयोग असफल भए पनि बेलायत, जर्मन, अमेरिका लगायतका देशका वैज्ञानिकहरु भ्याक्सिन निर्माणका लागि दुर्त गतिमा कार्य गर्दै आएका छन् ।खोप असफल भएसँगै चिनका वैज्ञानिकहरु खोप किन असफल भयो भन्ने अनुसन्धानमा लाग्नुका साथै नयाँ खोप अविष्कारका लागि लागि परेको बताइएको छ ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६