लुम्बिनी

३५ जना नेपाल भित्रिए,३६ जनालाई भारत पठाइयो



कपिलवस्तु,१३ वैशाख । कपिलवस्तुको सिमा नाका कृष्णनगर बाट ३५ जना नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गराइएको छ । विगत १४ दिन देखि भारतको वढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई शनिवार आरटिडी परिक्षण गरी नेपाल भित्राइएको छ । नेपाल र भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि आवतजावतमा रोक लगाउँदा नेपाली भारतमै बस्न वाध्य थिए भने भारतीय नागरिकहरु नेपालमै बसेका थिए । शनिवार नै कृष्णनगर नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनवाट ३६ जना भारतीय नागरिकहरुलाई भारत पठाइएको छ ।

                 भारतको चण्डीगढ,दिल्ली पंजाव लगाएतका ठाउँमा रोजगारीको लागि गएका नागरिहरुलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीहरुलाई नेपाल प्रवेश र भारतीयहरुलाई भारत पठाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । सवैको स्वास्थ्य परिक्षण गरेर नेपाल प्रवेश गराएको उहाँले जनाउनुभयो । भारतवाट नेपाल प्रवेश गराएका नागरिकहरुलाई गन्तव्य सम्म नगरपालिकाले पु¥याउने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

              ‘सम्वन्धित स्थानिय तह सँग सहकार्य गरेर नेपाली नागरिहरुलाई पठाउने तयारीमा छौ, शाहले भन्नुभयो ‘उनीहरुलाई सहज तरिकारले घर पु¥याउछौ, ।’ नेपाल भित्रिएका अधिंकाश नागरिकहरु दाङ,रुपन्देही,कपिलवस्तुका हुन् । नेपाल प्रवशे गरेका सबै नागरिकहरुको आरटिडी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६