अर्थ-वाणिज्य

गैँडाकोटमा पनि जग्गा बाँझो राख्न नपाइने



चितवन, २४ बैशाख । गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले खेती गर्न नपाउने भएपछि नयाँ निर्णय गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी जग्गाधनीलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँछौँ । खेती नगरेमा स्थानीयवासीलाई सामूहिक खेती गर्न उत्प्रेरित गर्छौँ ।

            नगरपालिकाले आफ्नो क्षेत्रलाई कृषिको नमूना क्षेत्र बनाउन सिँचाइका लागि बोरिङ खन्ने काम गरिरहेको छ । पौडेलले सिँचाइ, बीउ, मल र प्राविधिक सहयोग गरेर बाँझो जग्गा हराभरा बनाइ उत्पादन बढाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । जुन ठाउँमा जे फल्छ, त्यसैलाई प्राथमिकता दिइने उहाँको भनाइ छ । गैँडाकोट नगरपालिकामा १८ वडा रहेका छन् । हाल नगरपालिकाको जनसङ्ख्या ६५ हजार रहेको छ ।  

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६