लुम्बिनी

बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान



बुटवल, २८ वैशाख । बुटवलमा कोरोना भाइरसको महामारीसँगै डेंगु रोगविरुद्ध पनि अभियान सुरु भएको छ । डेंगुका बिरामी बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकमार्फत डेंगु रोगविरुद्ध अभियान चलाइएको हो ।उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहतका समुदायस्तरका संयन्त्रलाई डेंगु रोगबाट जोगिने उपाय अवलम्बन गर्दै अभियानमा सामेल गराएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय विपद् व्यवस्थापन समिति र ’क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ले महामारीका असर, प्रभाव र जोगिने उपायका बारेमा सचेतना फैलाउने काम भइरहेको छ ।  

लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिने छ । केही दिनयता लगातार पानी परिरहेकोले विभिन्न ठाउँमा पानी जम्ने भएकाले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो ।

        यसैगरी रुपन्देहीको तिलोत्तमा वडा नंं. ११ को गणेशनगर टोल विकास संस्थाले नगरपालिकाको विपद व्यवस्थापन कोषलाई ५१ हजार रुपैयां प्रदान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नगरबासीलाई राहत दिने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा गणशनगर टोल विकास संस्थाले सहयोग गरेको हो । टोल विकास संस्थाका अध्यक्ष टेकसिंह थापा, आर्थिक संयोजक नवराज पाण्डे पाण्डे, सदस्य गोमा ढकालसहितको टोली नगरपालिका कार्यालय पुगेर नगर प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक प्रदान संस्थाका गरेको सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो । 

        सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष थापाले संकटका बेला नगरपालिकालाई सक्दो सहयोग गर्नु नगरभित्रका संघसंस्था र नागरिकको दायित्व भएको बताउनु भयो । नगर प्रमुख बासुदेव घिमिरेले हालसम्म विपद व्यवस्थापन कोषमा निजी क्षेत्रबाट करिब ९५ लाख रुपैयां जम्मा भएको जानकारी दिनुभयो । 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६