एजेन्सी, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै समाप्त अर्थात उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताउनु भएको हो ।
यो भाइरसले विभिन्न क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा रायनले यस्तो धारणा राख्नु भएको हो । रायले भन्नुभयो जसरी एचआईभी भाइरसको अहिलेसम्म निर्मूल हुन सकेको छैन त्यसैले यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने बताउनुभयो ।
विश्वमा कोरोनाविरुद्ध खोप बनाउने दौडमा धेरै देशहरु रहे पनि कुनै पनि देशले सफलता प्राप्त गर्न सकेका छैनन । खोप भएर पनि रोग उन्मुलन नभएका धेरै रोगहरु रहेको हुँदा वैज्ञानिकहरुलाई यसले थप चिन्तित बनाएको छ ।
प्रतिक्रिया