प्रदेश

यसै साता थप पाँच लाख आरटिडी किट आउँदै



काठमाडौं, ४ जेठ । कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप पाँच लाख थान आरटिडी किट ल्याउने तयारी थालेको छ । बिआइडिएच म्यानेजमेन्ट विद प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौँ ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिनुभयो । 

यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्समार्फत एक लाख थान आरटिडी किट ल्याएको थियो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि विद म्यानेजमेन्टलाई जिम्मा दिएको थियो । सरकारले निजी क्षेत्रले सञ्चालनमा ल्याएका अस्पतालाई समेत कोरोना परीक्षणका लागि अनुमति दिएको छ । सो अनुमतिपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ । 

सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ती किट ल्याउन लागिएको हो । यसको बजार मूल्य प्रतिकिट रु ५६५ रहने रहेको छ । विद म्यानेजमेन्टका प्रमुख भण्डारीले चीनको राजधानी बेइजिङबाट ती किट ल्याउन लागिएको बताउनुभयो । 

यसअघि विद म्यानेजमेन्टले गत वैशाख १७ गतेको सम्झौताअनुसार सामान ल्याएको थियो । यसअघि सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको थियो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले थप सामान आयात गर्न लागिएको हो । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६