गण्डकी

म्याग्देली युवाको सक्रियतामा डेगुं प्रभावित क्षेत्रका स्थानियलाई झुल



म्याग्दी २२ जेष्ठ ।  विश्व कोरोना भाईरससगं जुधिरहेका बेला नेपालको विभिन्न जिल्लामा देखिएको डेगु संंक्रमण कम गर्न बेनीका युवाहरुले सक्रियता देखाएका छन् । गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पछिल्लो समय डेगुंका संक्रमित भेटिन थालेपछि म्याग्देली युवा आवाज अभियानको आर्थिक सहयोग,नेपाल युवा परिषद म्याग्दीको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयको स्विकृतीमा  बेनी नगरपालिका, मंगला गाउँपालिकामा बसोबास गर्ने स्थानियलाई  झुल वितरण गरिएको हो ।  विश्व स्वास्थ्य सगंठनको मापदण्ड अनुसार  डेगुं प्रभावित क्षेत्रमा नेपाल युवा परिषदका  जिल्ला अध्यक्ष छबि आर्चाय र सामाजिक सञ्जालमा म्याग्देली युवा आवाज नामक पेजको टोली सहितले १५० थान झुल   वितरण गरेको  हो । डेगुं प्रभावित क्षेत्रमा जनचेतना फैलाउनुका साथै कोरोना भाईरसको संक्रमणबाट जोगीन ५ सय मास्क समेत वितरण गरिएको अध्यक्ष आर्चायले प्रेसपाटीलाई जानकारी दिनुभएको छ । 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६