नेपालगन्ज २ असार । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत चिकित्सकसहित २५ जनालाई आइसोलेसनमा पठाइएको छ । जेष्ठ ३२ गते रुकुम सानो भेरी १ निवासी ८२ वर्षीय पुरुषको उपचारको क्रममा पीसीआर जाँच गराउँदा पोजिटिभ रिपोर्ट देखा परेपछि उपचारमा संलग्न २५ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको कलेजका सहायक निर्देशक डा नितेश कुमार कनोडियाले जानकारी दिनुभयो ।अस्पतालमा कार्यरत १० जना चिकित्सक तथा १५ जना कर्मचारी गरी जम्मा २५ जनालाई क्वारेन्टाइनमा राखिएको र पछिल्लो जाँच रिपोर्ट निगेटिभ आएपछि चिकित्सक सहितका २५ जना कर्मचारीहरुलाई प्रोटोकल अनुसार मंगलवारदेखि ७ दिनका लागि होम आइसोलेशन पठाइएको सहायक निर्देशक डा। कनोडियाले जानकारी दिनुभयो ।
२ असार २०७७, मंगलबार
प्रतिक्रिया