लुम्बिनी

तराईमा सर्पदंशका बिरामी बढे , पछिल्लो तिन महिनामा मात्रै १८३ जना



कपिलवस्तु ७ असार ।  गर्मी संगै बर्षायामको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । श्री नारायण दल गोरुसिगें द्धारा सञ्चालित सर्पं दश उपचार केन्द्र कपिलवस्तुमा पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो । उपचार केन्द्रमा गत चैतमा  २७ जना सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४७ जनाको उपचार भएकोमा जेठ महिनामा मात्र ८२ जनाको उपचार भएको केन्द्रले जनाएको छ ।

           असार महिनाको पहिलो सातामै २७ जना सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार गर्न आएको केन्द्रका व्यवस्थापक नविन भण्डारीले जानकारी दिनुभयो । सर्पदंश उपचार केन्द्रमा वार्षिक ८ देखी ९ सयको हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् । गत बर्ष उपचारको क्रममा एक जनाको ज्यान गएको थियो भने यस बर्ष अस्पताल ल्याउने क्रममा ढिलाई हुदा ३ जनाको ज्यान गईसकेको छ ।

     केन्द्रमा प्रदेश ५ का दाङ , प्युठान ,अर्घाखाँची लगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् । केन्द्रमा प्रयाप्त मात्रामा औषधि रहेको र औषधि अभावका नहुने बताउनुभयो । केन्द्रलाई बुद्दभुमि नगरपालीकाको सहयोगमा एम्बुलेन्सको समेत व्यवस्था रहेकोले बिरामीलाई केन्द्रसम्म पुग्न सहज भएको छ । 

        चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्छन । त्यसैले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको भण्डारीले बताउनुभयो । तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डसाइका बिरामी आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउजस्ता सर्पले टोकेका बिरामी  आउने गरेको छन । 

        गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले  सपंको डसाईबाट बच्न ,घरवरिपरीका खाल्टाखुल्टी , राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्ने,  सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने , झाडी सरसफाईमा ध्यान दिन केन्द्रका व्यवस्थापक नविन भण्डारीले आग्रह गर्नुभयो । 

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६