कपिलवस्तु ८ असार । कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा पकडीमा रहेको युवा कल्याण समाजले गुल्मी जिल्लाको रेसुङमा नगरपालिका वडा नं ११ मा रहेको क्वारेन्टाइनमा रहेका व्यक्तीकालागि सामाग्री सहयोग प्रदान गरेकोछ । क्वारेन्टाईनमा रहेका व्यक्तीहरुलाई आवश्यक पर्ने समाग्री क्लवले उपलव्ध गराएको हो ।
कपिलवस्तुमा सञ्चालित वुद्धआवाज मिडिया गु्रपका बजार व्यवस्थापक नारायण पाण्डेको समन्वयमा उक्त क्लवले सामग्री रेसुङा पुर्याएको हो । सामाग्रीहरु स्यानेटाईजर, हेन्डवास, माक्स, ग्लव्स, फलफुल तथा प्रोटिन युक्त खानेकुरा उपलव्ध गराइएको हो । सामाग्री हस्तान्तरणको क्रममा कपिलवस्तुमा रहेर पनी गुल्मी जिल्लालाई सहयोग गरेकोमा कलिका क्लवका रेसुङगाका सचिव महेश सारुले युवा कल्याण समाज कपिलवस्तुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सोही क्रममा आफ्नो गृह जिल्ला सामाग्री उपलब्ध गराउन उल्लेखनिय भुमिका खेल्नु भएका पाण्डेले क्वारेन्टाईन व्यवस्थापनका लागि केही नगद रकम पनि सहयोग गर्नु भएको थियो ।
प्रतिक्रिया