रुपन्देही १२ साउन । स्थानीय सरकारको एउटा फरक चासो मुखारीत हुदा रुपन्देहीको सैनामैना नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयलाई तातो चिसो आउने प्रविधिको खानेपानि फिल्टर र सेनेटरी प्याड उपलब्ध भएको छ । नगरका भित्रका आधारभुत बिद्यालयलाई ५० लिटर क्षमताको र माध्यमिक तहका बिद्यालयलाई २ सय लिटर क्षमताको उच्च फिल्टर उपलब्ध गाराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनु भयो । खानेपानीका कारण कुनैपनि विद्यार्थीलाई संक्रमण नहोस् भन्ने उद्देश्यले नगरक्षेत्रका सबै सामुदायिक बिद्यालयमा तातो र चिसो दुवै प्रकारको पानी झर्ने फिल्टर उपलब्ध गराईएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो ।
नगरपालिकाले सबै बिद्यालयलाई उपलब्ध गराउने गरि २५ लाखको लागतमा फिल्टर खरिद गरेको थियो । सैनामैना नगरक्षेत्र भित्र आधारभुत र माध्यमिक तह गरि १८ वटा सामुदायिक विद्यालय रहेका छन् । रामापुर मा।विका प्रधानाध्यापक कृष्ण पौडेलले नगरपालिकाले बिद्यालयमा फिल्टर उपलब्ध गराएपछि स्वच्छ पानी उपलब्ध हुने विश्वास व्यक्त गर्नु भयो । यस्तै नगरपालिकाले विद्यालयका छात्रा तथा महिला शिक्षकहरु महिनावारी हुंदा सहज होस् भनी सेनेटरी प्याड र भेन्डीङ मेशिन उपलब्ध गराएको छ । सेनेटरी प्याडको अभावमा विद्यालयमा महिनावारी भएका छात्राहरु कक्षा छोडेर घर फर्किन बाध्य थिए ।
नगरप्रमुख कार्कीले विद्यालयहरुमा सेनेटरी प्याड उपलब्ध गराएपछि महिनावारीको समयमा छात्राहरुले कक्षा छोड्ने समस्या हट्ने बताए । सबै सामुदायिक बिद्यालयलाई एक बर्षभरी पुग्ने सेनेटरी प्याड उपलब्ध गराईएको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिनुभयो ।सैनामैना पर्रोहा परमेश्वर मा।विका प्रधानाध्यापक कृष्ण पौडेलले प्याड उपलब्ध भएपछि महिनावारीको समयमा छात्राहरु बिद्यालयमा अनुपस्थित हुने समस्या टरेको औल्याउनु भयो । नगरपालिकाले १८ वटा सामुदायिक विद्यालयलाई ३८ लाखका ७१ हजार प्याकेट सेनेटरी प्याड र ३ लाख ६० हजारमा १८ वटा भेन्डिङ्ग मेशीन खरिद गरी उपलब्ध गराएको जनाएको छ
प्रतिक्रिया