अन्तर्राष्ट्रिय

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा



काठमाण्डौ २७ साउन । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।पूर्वराष्ट्रपति मुखर्जीलाई यही सोमबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण देखिएको हो ।अस्पतालले उहाँको अवस्था गम्भीर रहेको बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उहाँ सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति हुनुअघि भारतका अर्थ मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गर्नुभएको थियो ।यसअघि भारतका गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६