अन्तर्राष्ट्रिय

रुसमा तयार कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप



काठमाण्डौ ३२ साउन । रुसले आफ्नो देशमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप तयार भएको जनाएको छ । यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजोमात्रै खोप उत्पादन सुरु भइसकेको बताएको रुसले त्यसको केही समयमै खोपको पहिलो खेप तयार भएको बताएको हो । यद्यपी खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ ।  यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनको लागि यो चरणलाई महत्वपूर्ण मान्ने गरिएको छ ।

     रुसले खोपलाई स्पुतनिक ५’ नाम दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी  गर्नुभएको छ ।  उहाँले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार यो खोप  विकास गर्ने गामेलिया इन्स्टिच्युटले आउँदो डिसेम्बर जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ ।रुसले गरेको खोपको तीव्र विकासप्रति अन्य देशले भने आशंका व्यक्त गरेका छन् ।  

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६