कपिलवस्तु २८ कार्तिक । नेपाल आयुर्बेद औषधी ब्यवसायिक संघ कपिलवस्तुले आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती मनाइदै छ । संघले शुक्रबार कपिलवस्तु बाणगंगाको कपिलधाममा धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झना स्वरुप एक कार्यक्रम गर्दै छ। यो दिन संसारकै पुरानो चिकित्सा पद्धति मानिएको धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झना गर्दै कपिलधाममा माल्यपर्ण गर्ने लगाएतका कार्यक्रम रहेका छन ।
कार्यक्रम बिहान ८ बजेबाट शुरु हुने नेपाल आयुर्बेद औषधी ब्यवसायिक संघ कपिलवस्तुका सचिब बैद्यराज दिपक पन्थीले जानकारी दिनु भयो । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । विश्वकै प्राचीनताम चिकिस्तापद्धति मानिएको आयुर्वेदका प्रणेता धन्वन्तरिको उत्पति भएको दिनको सम्झनामा देशभर बिभिन्न कार्यक्रम गरिदै आएको छ ।








प्रतिक्रिया