अन्तर्राष्ट्रिय

कोरोना भाइरस विरुद्ध मोर्दनाले बनाएको खोपले पायो अनुमति



काठमाण्डौ ३ पुष । अमेरिकाले कोरोना भाइरस विरुद्ध मोर्दनाले बनाएको खोपलाई पनि अनुमति दिएको छ ।मोर्दनाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले जनाएको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा यो दोस्रो विकल्प भएको एफडीएले जनाएको छ ।समाचार संस्था रोयटर्सका अनुसार यो खोप १८ वर्ष र १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रभावकारी देखिएको छ । यसअघि एफडीएले मोर्दनालाई खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिने सङ्केत गरेको थियो । एफडीएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोर्दनाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए ।

त्यसपछि प्रक्रिया पूरा गरेर एफडीएले स्वीकृति दिने निर्णय गरिसकेको रोयटर्सले उल्लेख गरेको छ । यसअघि एफडीएले फाइजर(बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति दिएको थियो । कोरोना विरुद्धको अर्को खोपले पनि अनुमति पाएपछि अमेरिकामा कोरोना भाइरसको नियन्त्रणमा आशा जागेको खबरमा उल्लेख गरिएको छ ।कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने तीन लाख १७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६