कपिलवस्तु १८ पुस । वाणगंगा नगरपालिका वडा नं ५ ले वालवालिकाको प्रतिभा प्रष्फुटनका लागि बाल बिवाह उन्मुलनमा बालबालिकाको भुमिका विषयमा निबन्ध प्रतियोगिता कार्यक्रम गरेको छ । निबन्ध कार्यक्रममा बोल्दै नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले निबन्ध प्रतियोगिताले वालवालिकामा लुकेर बसेका प्रतिभा बाहिर आउने बताउनु भयो । बालविवाह गर्नु हुदैन भन्ने ज्ञान वालवालिकालाई गराउन यसै विषयमा निबन्ध प्रतियोगिता राख्दा समाजमा राम्रो सन्देश जाने उहाँले बताउनु भयो ।
प्रतियोगितामा वडाका २२ जना वालवालिकाले भाग लिएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने बिजया भुसाल अन्नपूर्ण बिद्या मन्दिर कोपवा, , द्वितीय स्थान, गरीमा कार्कि अन्नपूर्ण बिद्या मन्दिर कोपवा, तृतीय स्थान सिता भुसाल महेन्द्र माबि कोपवा , र सान्त्वना स्थान सुरक्षा पौडेल महेन्द्र माबि कोपवा रहेका थिए ।
प्रथम हुनेले ३ हजार , द्वितीय हुनेले २ हजार , तृतीय हुनेले १ हजार र सान्त्वना हुनेले ५ सय पुरस्कार पाएका थिए । वडा सदस्य कृष्ण वहादुर चौधरीको अध्यक्षता , वडा सचिव दिपक पाण्डेको सहजिकरणमा भएको कार्यक्रममा शिक्षक खेमराज भट्राई , बिशाल पराजुली लगायतले बोल्नु भएको थियो ।








प्रतिक्रिया