स्वास्थ्य

चीनभित्र बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति



काठमाण्डौ ९ फागुन । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको छ ।चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले यसबारे जानकारी दिएको हो । चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाले परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ । यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपकोतर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ ।

त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ  र यसको धेरैतिर प्रयोग पनि भएको बताइएको छ । ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो ।

त्यसैगरी चीनको औषधि व्यवस्थापनसम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ । त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६