प्रदेश

कपिलवस्तु काग्रेसः यस्तो छ अंकगणित




कपिलवस्तु, ११ मंसिर ।

नेपाली काग्रेसको जिल्ला अधिवेशनको लागि मनोनयन सम्पन्न भएको छ । केन्द्रिय गुट अनुसार नै कपिलवस्तुमा देउवा र पौडेल पक्षको कडा प्रतिस्पर्धा हुने देखीएको छ । सस्थापन पक्ष बाट अब्दुल कलाम र देउवा पक्ष बाट राजेश आचार्यको सभापति पदमा उम्मेदवारी परेको छ । जिल्लामा रहेका १८०० मतदाता मध्ये ९ सय बढी ल्याउनेको जित सुनिश्चित छ । भरखरै सम्पन्न क्षेत्रीय चुनाबको नतिजा हेर्दा जिल्लामा रहेका तीन निर्वाचन क्षेत्र मध्ये दुई वटामा देउवा प्यानल बिजयी भएको छ । यसरी हेर्दा देउवा बलियो भएपनि मत अनुसार हेर्दा भने पौडेल पक्ष बलियो छ ।
जिल्लाको क्षेत्र न १देउवा निकट नेता अब्दुल मन्नन खा खाँले २ सय ९९ मत प्राप्त गरी विजयी भएका थिए ।क्षेत्र न २ मा बिरेन्द्र मिश्राले २२० मत ल्याइ पराजित भएका थिए भने क्षेत्र न ३ मा ब्रमानन्द उपाध्यायले २६४ मत ल्याइ बिजयी हुनुभएको थियो यसरी हेर्दा जिल्लामा देउवा पक्षको कुल मत ७८३ मत रहेको छ ।
अब लागौ पौडेल पक्ष तर्फ क्षेत्र न १ मा पौडेल पक्षका उम्मेदवार टेक बहादुर शाहीले २ सय ७९ मतमा ल्याएका थिए । क्षेत्र न २ मा केशव श्रेष्ठले४०२ र क्षेत्र न ३ मा हरि पोख्रेलले २४१ मत ल्याएका थिए । पौडेल पक्षको जिल्लामा कुल मत ९२२ हुन आउँछ । अकगणित गर्दा पौडेल पक्षका अब्दुल कलामको जित हुने सम्भावना छ । तर जिल्लाका अधिकाश नेता भने राजेश आचार्य तर्फ छन । अतहर कमाल, अभिषेक प्रताप शाह, दिपकुमार उपाध्याय,बिरेन्द्र कनोडिया लगायतका नेता आचार्य तर्फ हुदा कलाम लाई जित्न सकस छ ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६