पर्यटन

प्रजातन्त्र र हिन्दु राज्य आन्दोलन बाटै : लिङदेन



तुलसीपुर९ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन। रिपोटर्श क्लव दाङले विहिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारकार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्नेछौं, तर हाम्रो आन्दोलन शान्तिपुर्ण र अहिंसात्मक हुने बताए।’, यस्का लागि जनता आतुर रहेको समेत उनले बताए।

उनले एमसिसिका विषयमा पनि राप्रपाले चांडै आफ्नो आधिकारीक धारणा बनाउने उनले स्पष्ट पारेका छन।‘एमसिसि पहिले संसदमा टेवुल होस, यसका विषयमा व्यापक छलफल होस,त्यसपछि मात्रै आवस्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उनले भने ।मुलुकमा धेरै महत्वाकांक्षि विकाश निर्माणका योजनाहरुले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्वको परीयोजनामा यतिधेरै टिकाटिप्पणि पनि आवस्यक नभएको उनले बताएका छन ।‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आच आउनुहुंदैन भन्ने हाम्रो मान्यता हो’उनले भने ।दाङ रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६