अर्थ-वाणिज्य

कैलाश आश्रम नन्दनगरमा आयोजित ज्ञानमहायज्ञबाट करिब २९ लाख जुट्यो, विवरण सहित ।




कपिलवस्तु, १० पुष ।
कपिलवस्तुको धार्मिक पर्यटकीयस्थल श्री कैलाश आश्रम नन्दनगरमा आयोजित २७ औं ज्ञानमहायज्ञको आय व्ययको विवरण सार्वजनिक गरिएको छ । मंसिर १४ गतेदेखि २२ गतेसम्म संचालन भएको ज्ञानमहायज्ञको यज्ञ आयोजक मूल समितिले आय व्ययको विवरण सार्वजनिक गरेको हो । ज्ञानमहायज्ञबाट २८ लाख ८५ हजार ३ सय ४० सहयोग जुटेको समितिले जनाएको छ । जसमा नगद आम्दानी २२ लाख ८६ हजार ३ सय ४० रुपैयाँ तथा धानचामलबाट ३ लाख ९९ हजार रुपैयाँ संकलन भएको बताईएको छ ।

विवरण अनुसार ब्रामण वाचवादन दक्षिणा खर्चमा २ लाख ६७ हजार, उदघाटन समारोह व्यवस्थापन तथा कलश यात्रा खर्चमा ४१ हजार २ सय ६०, भोजन प्रसाद व्यवस्थापन खर्चमा एक लाख एक हजार तीन सय एक, पुजा सामाग्री खरिद खर्चमा ५७ हजार ९ सय, प्रवेशद्वार निर्माण तथा यज्ञमण्डप व्यवस्थापन खर्चमा एक लाख ३२ हजार २ सय ५१, अतिथि स्वागत तथा दाता स्वागत सम्मान खर्चमा ९१ हजार ७ सय ९१, सचिवालय मसलन्द खर्चमा ३ हजार ५ सय ७०, प्रचार प्रसार खर्चमा एक लाख ६७ हजार तीन सय ४५ रुपैंयाँ खर्च भएको छ ।

यस्तै कार्यक्रम छायाकन तथा संचार प्रविधि खर्चमा ५१ हजार ८५, महाआरती व्यवस्थापन खर्चमा २६ हजार ४०, फुलमाला व्यवस्थापन खर्चमा ४ हजार २ सय ५०, पण्डाल तथा ध्वनीयन्त्र खर्चमा ३ लाख १४ हजार ६ सय, यातायात खर्चमा ६५ हजार, रेलिङ्क निर्माण खर्चमा २५ सय, विद्युत इलेक्ट्रीकल्स खर्चमा १७ हजार ८ सय ७२ रुपैयाँ ९० पैसा, धानचामल व्यवस्थापन खर्चमा १६ हजार २ सय र अन्य खर्चमा २ हजार रुपैयाँ खर्च भएको विवरण यज्ञ आयोजक मूल समितिले सार्वजनिक गरेको आय व्ययको विवरण उल्लेख छ ।

समितिका अनुसार सहयोगबाट कुल नगद आम्दानी २२ लाख ८६ हजार ३ सय ४० रुपैयाँ तथा धानचामलबाट ३ लाख ९९ हजार रुपैयाँ संकलन भएको जनाईएको छ । खर्च कटौती गर्दा समेत कैलाश आश्रमलाई १३ लाख ५८ हजार ८ सय ३५ रुपैयाँ ६० पैसा बचत भएको सार्वजनिक गरिएको आय व्ययको विवरणमा उल्लेख गरिएको छ ।
यस्तो छ समितिको विवरण ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६