हरि घिमिरे, १० पुस ।
लघुवित्त कर्मचारी संघ कपिलवस्तुद्धारा चार नम्बरमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पिस हिमालय रिर्सोटमा आयोजित कार्यक्रममा लघुवित्तको बर्तमान अवस्था, संभावना, अवसर तथा चुनौती तथा सार्वजनिक बोली बिषयक प्रशिक्षण सम्पन्न गरिएको हो । सो अवसरमा लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले लघुवित्तले देशको अर्थतन्त्रको विकासमा योगदान दिएको बताईन ।
उनले कपिलवस्तुमा समेत २ दशक अघि देखि नै लघुवित्तले ग्रामीण भेगका बिभिन्न परिवारको आर्थिक स्तर उकास्न भुमिका खेलको भन्दै लघुवित्तले अझै प्रभावकारीढंगले काम गर्दै जानु पर्ने बताईन । उनले भनिन् “लघुवित्तले गरीब, बिपन्न परिवारको आर्थिक अवस्था सुधारमा महत्व दिएको छ, आगामि दिनमा पनि यसको आवश्यक छ ।”
सो अवसरमा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले लघुवित्तले आफ्नो पालिकामा राम्रो काम गरेको बताए । जिल्लामा सबै भन्दा बढी आफ्नै पालिकामा लघुवित्तले काम गरेको भन्दै आफुले लघुवित्तको विकासमा सहकार्य गर्न तयार रहेको बताए । लघुवित्तकर्मी प्रकाशराज शर्माले लघुवित्तले ग्रामीण भेगका निमुखा जनताको आर्थिक सशक्तिकरणकालागि जनताको बिश्वास जित्ने गरी काम गर्नुपर्ने बताए । उनले लघु बित्तको कर्मचारीहरुले प्रभावकारीढंगले काम गर्नु पर्नेमा जोड दिए ।
लघुवित्त कर्मचारीसंघका अध्यक्ष सुशील गौतमको अध्यक्षता रहेको कार्यक्रको सञ्चालन मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्थाका कर्मचारी भिम ओलीले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तकाु अध्यक्ष किरणमान बज्राचार्य, संचारकर्मी अमृता अनमोल, नेपाल लघुवित्त बैकंर्स संघका पुर्व अध्यक्ष बसन्तराज लम्साल, लगायतले शुभकामना मन्तब्य दिएका थिए । प्रशिक्षणमा अमृता अनमोल र नेपाल लघुवित्त बैकंर्स संघका अध्यक्ष प्रकाश राज शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा २० वटा लघुवित्तका ७० भन्दा बढिको उपस्थिती रहेको थियो ।
१० पुस २०७८, शनिबार
प्रतिक्रिया