खोज–अनुसन्धान

महासचिव दाबेदार नेता पुन पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नसक्ने



काठमाडौं ११ पुस : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नसक्ने भएका छन् ।थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण राष्ट्रिय सम्मेलनमा आउन नसक्ने भएका हुन्।

स्वास्थ्यमा सुधार आएकाले उनले सम्मेलनका लागि नेपाल आउन चाहेका थिए । तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो ।उपचारका क्रममा भएको परीक्षणहरुको रिपोर्ट हेर्दा तत्काल नआउने निर्णयमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।

अध्यक्षमा प्रचण्ड नै दोहोरिने भएपछि अर्को शक्तिशाली कार्यकारी पद महासचिवको मुख्य दाबेदार पुनलाई मानिएको छ । स्थायी समिति सदस्य पुन माओवादी केन्द्रीय सचिवालयको इञ्चार्जको जिम्मेवारीमा छन् ।१० वर्षे माओवादी जनयुद्धमा पुन सैन्य–राजनीतिक मोर्चाका प्रमुख नेता मध्येका एक थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीले पुनलाई अध्यक्ष प्रचण्ड ‘सुप्रिम कमान्डर’ रहेको जनमुक्ति सेनाको ‘डेपुटी कमान्डर’ बनाएको थियो।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६