प्रदेश

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, पहाडमा वर्षासहित हिमपात



काठमाडौं, ११ पुष । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो ।

पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेश का एक(दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात भइरहेको र तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६