प्रदेश

माओवादी र मधेश विद्रोह नभएको भए देशमा अझै निरङ्कुशता बाँकी रहन्थ्योः यादव



काठमाण्डौ, ११ पुष । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरङ्कुशता जारी नै रहने बताउनुभएको छ ।

माओवादी केन्द्रको महाधिवेशनमा आज आइतवार शुभकामना दिने क्रममा अध्यक्ष यादवले भन्नुभयो, ‘माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, निरङ्कुशता हुने थियो । माओवादी र मधेश विद्रोहले देशलाई अघि बढाएको हो ।’

प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष यादवको भनाइ छ ।

संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले अझै पनि देशमा मधेशका मुद्दा सम्बोधन हुन नसकेको, उत्पीडित र शोषित वर्गको अधिकार र पहिचानलाई राज्यले महत्त्व नदिएको लगायतका गुनासो गर्नुभएको छ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६