प्रदेश

उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छः अध्यक्ष नेपाल



काठमाण्डौ, १३ पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डौमा भएको नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले युवाहरूको मन जित्न नेताहरूले यी काममा ध्यान दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘इमानदारिता, निष्ठा र समर्पण नै प्रमुख कुरा हो । यी कुरा छन् भने तपाईँले जनताको मन जित्न सक्नुहुनेछ । तर मान्छे निष्ठाबाट बिचलित हुने गर्दछ, त्यो मान्छेमा इमानदारिता हराएर जाँदो रहेछ । त्यही मानिसमा समर्पित हुने भावना समाप्त हुँदो रहेछ । ऊ व्यक्तिवादको सिकार हुन्छ । म भन्ने घमण्ड आउँछ, मबाट कहाँ आउँछ रु बा भन्ने आउँछ । त्यो म नै बा हो । हामी त्यस्ता प्रवृत्तिका विरोधी हौँ । यस अर्थमा इमानदारिता, निष्ठा र समर्पणको भावना अघि सारौँ ।’

कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरू सरकारभन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताउनुभयो । देश विकास गर्नका लागि आफैँ अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको अध्यक्ष नेपालको भनाइ छ । उहाँले वंशाणुगत तानाशाही प्रवृत्ति सकिए पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताउनुभयो ।
अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको प्रदेश सभामा एक नम्बर पार्टीको रूपमा नेकपा समाजवादी स्थापित भएको दाबीसमेत गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरूले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभयो । सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाउँदा मानिसहरूमा आत्मविश्वास बढ्न नसकेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मेहनत नगरिकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताउनुभयो । उहाँले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले पालिका सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीले पनि आफ्ना कार्यकर्ताहरूले कसरी काम गरिहरेका छन् भनेर अनुगमन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६