अर्थ-वाणिज्य

बाणगंगामा पहिलो पटक आवधिक योजनाको प्रारम्भिक कार्य सुरु ।




हरि घिमिरे, १३ पुष ।
बाणगंगामा पहिलो पटक आवधिक योजनाको प्रारम्भिक कार्य सुरु भएको छ । नगरपालिकाले एक कार्यक्रमका विच आवधिक योजनाको प्रारम्भिक प्रतिवेदन प्रस्तुत तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले ५ बर्षे कार्ययोजना सहितको प्रारम्भिक आवधिक योजना प्रस्तुत गरेको हो । नगरपालिकाको सभाहलमा गरिएको अन्र्तरक्रिया कार्यक्रममा नगर भित्र गरिने थुप्रौ दिर्घकालिन योजनाहरुको जानकारी तथा सुझाव संकलन गरिएको थियो ।

स्थानीय तहको विधि र प्रकियालाई संस्थागत गर्न बाणगंगाले आवधिक योजनाको तयारी थालेको नगरपालिकाका उप प्रमुख चक्रपाणि अर्यालले बताए । उनले स्थानीय राजनीतिक नेतृत्वको जनतासमक्ष गरेका प्रतिबद्धता तथा घोषणाहरू कार्यान्वयन गर्ने पहिलो औजार नै आवधिक योजना रहेको बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले नगरपालिकाले आफ्नो दीर्घकालीन तथा मध्यकालीन योजना तर्जुमा गरी कार्यान्वयनमा लैजानु तत्कालीन आवश्यकता भएको बताए । उनले भने “शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषि, पशु, वातावरण, विपत् व्यवस्थापन जस्ता संवेदनशील विषयहरू स्थानीय सरकारको दायित्व भित्र पर्दछन् ।” त्यस अनुसार स्थानीय तहका यस्ता महत्वपूर्ण जिम्मेवारी द्रुतत्तर गतिमा सम्पादन गर्नको लागि आवधिक योजना निर्माण गर्नु अनिवार्य रहेको बताए ।

जस अनुसार आज (मंगलवार) बाणगंगाका सरोकारवाला संग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा योदन मिडिया, काठमाण्डौका प्रतिनिधी सविना परियारले योजनाको परार्मश गरेकि थिईन । उनले नगरपालिकाले छुटाएका केहि महत्वपुर्ण योजनाहरुलाई अनिवार्य समावेस गर्न सुझाव दिईन ।

अन्तरक्रियामा राजनितीक दलका प्रतिनिधी, वडा अध्यक्षहरु, नागरिक समाज, पत्रकारहरुले आ–आफ्ना सुझाव सहितका भनाई राखेका थिए । प्रारम्भिक प्रतिवेदन प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा शिद्धार्थ सामाजिक विकास केन्द्रले साझेदारीको भुमिका खेलेको हो । अन्तरक्रियामा योजना निमार्णकर्ता, विभिन्न शाखा उपशाखाका कर्मचारी, जनप्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो । आवधिक योजनामा आर्थिक सामाजिक लगायत समग्र क्षेत्रको विकासका लागि आवश्यक योजना तर्जुमा गरिएको छ ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६