प्रदेश

गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी हुँदा ५० लाख बराबरको क्षति



गुल्मी, १४ पुष ।
गुल्मीमा एक घर गोठमा आगलागी हुँदा ५० लाख भन्दा धेरैको नोक्सानी भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका २ धागिथुमका ५५ वर्षीय गोपाल पन्थीको घर र गोठमा आगलागी भएको हो ।
दुई तले कच्ची घर र गोठमा विद्युत सट भएर आगलागी हुँदा घर गोठ जलेर पुर्ण रूपमा नष्ट भएको छ ।

कुनै मानवीय र पशुचौपायको क्षति नभएको गुल्मी प्रहरीले जनाएको छ । ६ क्विन्टल मकै जौ ,२५ केजिका सात बोरा चामल,७ बोरा पशुदाना, भाडाकुडा ,चार ट्रली भैसिको घास,तीन ट्र्ली दाउरा,घर गोठ बनाउने काठ,लत्ताकपडा ,घर गोठको मुल्य गरी पचास लाख ७ हजार बराबरको क्षेती भएको बताईएको छ ।

साथै सोहि घरमा डेरा लिएर बसेकाहरुको पनि कपडा,खाद्यान्न तथा विभिन्न सामाग्री जलेर नष्ट भएको छ ।
गएराती करिब १ः२० को समयमा आगलागी भएको थियो । आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३ः३० बजे नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६