प्रदेश

सर्लाहीको बयलबासमा आज पनि निषेधाज्ञा



सर्लाही, १५ पुष । सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ ।प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढे पछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।

बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले फेरि आज बेलुका ७ बजेसम्मका लागि बयलबास बजार र त्यसको आसपासका क्षेत्रमा कुनै पनि जुलुस, भेला जमघट हुन नपाउने गरी निषेधाज्ञा लागू गरेको हो ।पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भए पनि पुनःप्रदर्शन हुनसक्ने भन्दै निषेधाज्ञा लागू गरेको स्थानीय प्रशासनले जनाएको हो।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६