प्रदेश

म्याग्दीमा हिउँमा परि एक जना बेपत्ताः तीन जना अलपत्र



म्याग्दी, १५ पुष । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।

अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् ।

धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको हो। रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६