प्रदेश

बाल विवाह न्युनीकरणका लगि पत्रकारहरु संग अन्तरक्रियाः प्रभावकारी रिपोर्टिङ हुनेमा विश्वास



कपिलवस्तु, १५ पुष ।
बाल विवाह न्युनीकरणमा पत्रकारको भूमिका सम्बन्धि विषयमा पत्रकारहरुलाई तालिम प्रदान गरिएको छ । संचारीका समूह लुम्बिनी प्रदेशको आयोजनामा कपिलवस्तुका क्रियाशिल पत्रकारहरुलाई २ दिने तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बाणगंगा नगरपालिकालाई विभिन्न ४१ वटा सुचक पुरा गरि बालमैत्री घोषणा गरिएको तर त्यसलाई दिगो गराई राख्न चुनौति थपिएको बताए । ‘४१ वटा सुचक पुरा गरेर हामीले बाणगंगालाई बालमैत्री घोषणा त गर्यौ तर यो हाम्रा लागी चुनौति हो, जुन चुनौति थपिएको छ ।’ उनले भने । उनले बाणगगामा गर्भपतन गराउनेको संख्या डर लाग्दो भएको बताए । उक्त गर्भपतन गराउने १५ देखि २० बर्ष उमेर समूहका रहेको उनले बताए । उपप्रमुख अर्यालले बाणगंगा जिल्लाका १० पालिका भन्दा बाल विवाह न्युनीकरणमा अगाडि रहेको समेत दाबी गरे ।

२ दिनसम्म चलेको तालिममा अधिवक्ता ईन्दु तुलाधरले सहजीकरण गरेकी थिईन् । अधिवक्ता तुलाधरले बालविवाह, त्यससंग सम्बन्धित कानुनी प्रावधान, लैङ्गिकता, बालविवाह न्युनीकरणमा पत्रकारको भूमिकासंगै यससंग सम्बन्धि विविध पक्ष लगायतका विषयमा प्रष्ट पारेकी थिईन् । उनले कपिलवस्तुमा बालविवाह न्युनीकरण गर्न जिल्लाका सबै पालिका तथा सरोकारवालासंग समन्वयात्मक ढङगबाट अन्तरक्रिया गर्दै प्रभावकारी रिपोर्टिङ गर्ने विश्वास व्यक्त गरिन् ।
तालिममा सहभागी जिल्लाका क्रियाशिल पत्रकारहरुले बाल विवाह न्युनीकरणका लागी आफुले खेल्नुपर्ने भूमिका संक्रियताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । तालिममा नेपाल संचारीका समूहकी उपाध्यक्ष कमला पन्थी, केन्द्रिय सदस्य बसन्ती बास्तोला, संचारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६