समाचार

अवैध रुपमा मोवाईल बिक्री गर्दै आएको दुई जना भारतीय नागरिक पक्राउ



तुलसिपुर १५-पुस । तुलसीपुरबाट अवैध रुपमा मोवाईल बिक्रि गरिरहेको अवस्थामा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरमा बिहीबार दिउँसो अबैध रुपमा ओपो र सामसुङ मोबाईल विक्रि गरि रहेको भन्ने सूचनाका आधारमा तुलसीपुर मोबाईल तथा ईलेक्ट्रोनिक्स समितिका अध्यक्ष सुरज भण्डारी त्यहाँ गएर उनीहरुलाई सोधपुछ गरेर प्रहरीलाई जिम्मा लगाएको बताए ।

नक्कली मोबाईलका सेटहरु सोझा साँझा जनताहरुलाई महङगो मुल्यमा विक्रि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको भण्डारीले बताए । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका अशोक चौहान र एक महिला रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरिक्षक झलक शर्माले बताए । मोबाईलको कागजपत्र केही नभएकाले मोवाइल नक्कली हो या सक्कली हो भन्ने बारेमा जाँचबुझ भईरहेको शर्माले बताए ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६