कपिलवस्तु, पुस १६
जन्मदिनमा होटल तथा रेष्टुरेण्टमा केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ ।
खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ ।
हाम्रो समाजमा जन्मोत्सवमा पश्चिमेली संस्कृति हावि नभएको होईन, तर एक विद्यार्थी नेता जस्ले विपन्न तथा जेहेन्दार विद्यार्थी तथा अपांगता भएका व्यक्तिसंग मनाएका छन् । उनी हुन् सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुशिल खत्री जो दुःखीको साहारा बनेका छन् । उनले आफ्नो २९ औँ जन्मोत्सवको अवसर पारी पुर्व सन्ध्यामा ६ जना विपन्न जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् भने अपांगता भएका १ जना विद्यार्थी र क्याम्पसका माली टेकेन्द्र क्षेत्री, क्याम्पसमा रक्षक (सेक्युरिटी गार्ड) दिलिपनायव क्षेत्रीलाई १÷१ सेट न्यानो कपडा वितरण गरी जन्मोत्सवमा सामाजिक रुपान्तरणको काम गर्नुपर्छ भन्ने गतिलो उदाहरण दिएका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका सभापति खत्रीले यस भन्दा अगाडि पनि जन्म दिनमा फजुल खर्च नगरी सामाजिक क्षेत्रमा योगदान गर्दै आएका छन् ।
सभापति खत्री भन्छन्, ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ । उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाए ।
फरक प्रसंगमा सभापति खत्रीले क्याम्पसमा विभिन्न संगठनले अध्यापनमा अवरोध गरिरहेकाले विद्यार्थीको जिवनमा खेलवाड नगर्न आग्रह गरेका थिए । उनले हरेक विद्यार्थीका समस्यालाई स्ववियुले सहजिकरण गर्दै आएकोले स्ववियुले गरेका उदाहरणिय कार्य छर्लङ्ग रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सांसद बिमला घिमिरेले खत्रीलाई जन्म दिनको शुभकामना दिंदै शैक्षिक विकासका लागि गरेको कार्यको प्रशंसा गरिन् । सांसद घिमिरेले सिद्धार्थ क्याम्पसले क्यु.ए.ए. प्रमाण पत्र पाप्त गर्न, जिल्लाकै ठुलो क्याम्पसको रुपमा पहिचान बनाउन सक्नु लगायत क्याम्पस हरेक क्षेत्रमा विकास हुनुमा खत्री नेतृत्वको स्ववियुको अहम भूमिका रहेको बताईन् । उनले क्याम्पसमा अध्यापनका साथै राष्ट्र निर्माणको पक्षमा लाग्ने संगठनमा आवद्ध भई राजनिति पनि गर्न विद्यार्थीहरुलाई अनुरोध गरिन् ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले आफ्नो कार्यकालमा खत्रीले स्ववियु चुनाव जितेको स्मरण गर्दै हरेक विद्यार्थीको मनमा बस्न सफल भएको बताए । उनले खत्रीले गरेको यो कार्यले अन्यले पनि प्रेरणा लिनुपर्ने बताए ।
कार्यक्रममा कलाकार बिमल गैरे र बर्षा लम्सालले मनोरन्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
सभापति सुशील खत्रीको अध्यक्षता, क्याम्पस प्रमुख खेमराज शर्मा लगायत प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियुका विद्यार्थी नेता बसन्त बेल्बासेको स्वागत तथा पत्रकार चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया