प्रदेश

वर्षाले कपिलवस्तुमा करिव चार करोड बढी मुल्यको इट्टा नष्ट




हरि घिमिरे, १६ पुष
बुधवार आएको बेमैसमी बर्षले कपिलवस्तु लगाएत लुम्बिनी प्रदेश भरिका इट्टा ब्यवसायीहरु मर्कामा परेका छन् । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगंज, बुद्धभुमि, तैलिहवा, मायादेवि, यसोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित इट्टा उधोगहरुमा बर्षले थप क्षति पुगेको इट्टा ब्यवसायीहरु बताउछन् । काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव चार करोड बढी मुल्यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका महासचिव नेत्र पाण्डेले बताए । उनले भने“कपिलवस्तुमा सञ्चालित ७० वटा इट्टा उद्योगहरुले बिमाकै कारण बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेका छन ।” यस्तै कोईलाको रेट दोब्बर हुदाँ आपुर्तिमा असहज भएको छ । यस्तै विविध कारणले उपभोक्ताहरु प्रत्यक्ष चर्को मुल्य तिरेर इट्टा खरिद गर्न बाध्य छन् । यस प्रति कुनै निकायले चासो दिएको छैन् ।
रुपन्देहीका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा
वर्षाले रुपन्देहीमा तीन करोड बढी इट्टा नष्ट भएको छ । बुधबार आएको बर्षका कारण रुपन्देहीका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा परेका छन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरि रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परि रहेका छन । यस बर्ष पनि रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो इट्टा गलेर नष्ट भएको छ । कतिपय ईट्टाहरु पकाउन भट्टीमा राख्ने अवस्थामा रहेका र कतिपय ईट्टा पारी सुकाउनेक्रममा रहेका लाखौं ईट्टाहरु पानीले क्षति भएको व्यवसायीले जनाएका छन्।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६