कपिलवस्तु, १८ पुष ।
कपिलवस्तु जिल्लाको बाणगंगा चार नम्बरमा प्रथम
सडक खाना महोत्सव हुने भएको छ । बाणगंगाको जितपुर चोकमा पुस २९ र ३० गते प्रथम बाणगंगा सडक खाना महोत्सव हुन लागेको हो ।
सो अवसरमा बिभिन्न खानाका परिकार रहने गरी १५ वटा बढि स्टल रहने सडक खाना महोत्सवका संयोजक बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) ले बताए । नेपाली खानाका बिषेश परिकार रहने गरी सडक खाना महोत्सव आयोजनना गर्न थालिएको क्षेत्रीले बताए ।
बाणगंगा नगरपालिका वडा नः ४ को आयोजनामा हुन लागेको सडक खाना महोत्सवमा स्थानिय कलाकारसहित राष्ट्रीय कलाकालहरुको पनि बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिंह ठकुरीले जानकारी दिए ।
प्रतिक्रिया