प्रदेश

पाल्पा बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)



बुटवल, १८ पुष । बुटवलबाट शव लिएर रिडिका लागि छुटेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बुटवल रानीगञ्जका ७० वर्षीय वीर बहादुरको विश्वकर्माकोे शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो।
दुर्घटना परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवल रानीगञ्ज निवासी ७० वर्षीय वीरबहादुर विश्वकर्मा शनिबार निधन भएको स्थानीय सन्तबहादुर रानाले बताए। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५०मिटर तल झरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६