प्रदेश

दुनाटपरी खुटेर आय आर्जन गर्दै विजयनगर थारु समुदायका महिला



कपिलवस्तु,१९ पुस
खेर जाने सालको पातबाट दुना टपरी निर्माण गर्न लागे पनि कपिलवस्तुको विजयनगर गाउँपालिकाका थारु समुदायमा महिलाहरुको दैनिकी फेरिएको छ । काम नहुँदा घरमै बस्दै आएका वडा नं १ जवावैराठका महिलाहरु उद्धमी भएका छन् । फुर्सदको समय भए पछि उहाँहरु वनमा पसेर सालको पात टिपेर ल्याउने गरेका छन् । टिपेको पातलाई हातले उनेर दुना टपरी निर्माण गरी नेपाल भारत सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारमा गई विक्री गर्दै आएको स्थानीय सविता थारुले बताउनु भयो ।
एक जनाले दैनिक ३ सय दुना टपरी निर्माण गर्दै आएको बताइएको छ । एक दशक देखि महिलाहरुले फुर्सदको समय सदुपयोग गर्दै आई रहेका छन् । जिल्लाको बिकट क्षेत्रको रुपमा मानिदै आएको जवावैराठमा वन क्षेत्र प्रशस्त मात्रामा सालको बोट भएको हुँदा पातको अभाव नहुने थारुले बताउनु भयो । स्थानीय बजारमा सय थान दुना टपरीलाई ६० रुपैयाँको दरले बिक्री हुने गर्दछ । एक हप्ता सम्म निर्माण गरेका सामाग्री बजार लग्ने गरिएको छ ।
दुना टपरी बनाउने नयाँ प्रविधि र उपकरण आएको भए पनि आर्थिक अवस्था न्यून भएको कारणले खरिद गर्न नसकिएको सविताका छिमेकी दरवारी थारु बताउनु हुन्छ । प्रविधिको युग भए पनि हामी हातले बुन्नु पर्ने बाध्यता रहेको छ । मुख्य रुपमा कृषि पेसा गर्दै आए पनि फुर्सदको समयमा दुना टपरी बनाउने गरेको बताइएको छ ।
मेहनत अनुसारको मूल्य नपाए पनि दैनिक गुजाराको लागि आर्थिक सहयोग भएको छ । सालको पात र अन्य सामाग्री निःशुल्क पाइने भएको र फुर्सदको समय मिलाएर काम गर्न मिल्ने भएकोले सहज भएको छ । यता प्लास्टिक र कागजले बनेका सामाग्रीले बजार लिए पछि बजार खुम्चिँदै गएको दरवारीले बताउनु भयो । हाल धार्मिक कार्यको लागि मात्र पातको दुना टपरी प्रयोग गरिन थालिएको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६