अर्थ-वाणिज्य

माओवादी केन्द्रको बैठक पदाधिकारी चयन नगरी स्थगित



काठमाडौं २० पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सकिएको छ । बैठकले अध्यक्षको टुंगो लगाए पनि पदाधिकारीको विषयमा छलफल नै नगरी स्थगित भएको छ । अर्को बैठक पुस २५ गतेलाई डाकिएको केन्द्रीय सदस्य इन्द्रजीत थारुले जानकारी दिए ।

उनका अनुसार आजको नव निर्वाचित केन्द्रीय सदस्यहरुको शपथ लगत्तै बैठक बसेको र बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको थियो । ‘शपथ ग्रहणपछि बसेको आजको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन निर्विरोध चयन गरेको छ । पदाधिकारीको विषयमा भने छलफल भएन । अर्को बैठक पुस २५ गतेलाई बोलाइएको छ,’ थारुले भने ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६