अर्थ-वाणिज्य

सरकारले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित



दाङ २१ पुस । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रा स्थगित गरिएको जानकारी दिएको हो ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रूतगतिमा सञ्चालन गर्न आवश्यक छ,’ प्रवक्ता संगीता कौशल मिश्राले भन्नुभयो, ‘त्यसैले थप प्राविधिक विषय छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ ।’

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनेर सोमबार सूचना जारी गरेको थियो ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६