प्रदेश

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त



काठमाण्डौ, २२ पुष । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा। दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समितिको सिफरिसमा बस्नेतलाई परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त गरिएको हो ।

सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो । यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल रहनुभएको थियो ।

झापाको दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६