कपिलवस्तु, २२ पुष ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको आफनै भवनमा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ ।
बैठकले संघीय सरकारसगं समपुरक र बिशेष योजना माग गरेको छ । जसमा बिशेष तर्फ महेन्द्र मावि कोपवा, हेमराज मावि हथौसा, लक्ष्मणघाट मावि लक्ष्मणघाट र ओदारी माविमा भौतिक निमार्ण तथा भवनका लागी योजना माग गर्ने निर्णय गरेको नगरका प्रवक्ता बिष्णु पौडेलले बताए ।
त्यस्तै बैठकले समपुरक योजनातर्फ बनगाई मोतिपुर कपिलधाम सडकखण्ड, कोवा हर्नामपुर जग्दीशपुर सडकखण्ड, मैनारा कर्मना सडकखण्ड, बलगहवा बिरपुर भेल्रहया सडकखण्ड , मनहरापुर शिवमन्दीर बैदौली सडकखण्डका लागी बजेट माग गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए । साथै बैठकले ७० र ३० त्यस्तै ५०⁄५० का योजनाहरु छुट्टाएको छ । जसमध्य १२ वटा योजना ७० र ३० का रहेका छन भने ५०⁄५० का २ वटा योजनाहरु वडा नः २ र वडा नः ९ मा सम्पन्न गर्ने निर्णय भएको नगरालिकाका उप प्रमुख चक्र अर्यालले बताए । बैठकमा नगर प्रमुख मगंल थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आआफनो धारणा राखेका थिए ।








प्रतिक्रिया