काठमाडौँ,२३ पुष । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छन् ।
माघ १२ गते हुने राष्ट्रिय निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।
आयोगका अनुसार एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५, एकीकृत समाजवादीबाट ५, जसपाबाट २, राप्रपाबाट २ नेमकिपाबाट २ जना, लोसपाबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।








प्रतिक्रिया