कपिलवस्तु, २३ पुष ।
एमाले कपिलवस्तुको (आज) हुने नवौ जिल्ला अधिबेशनमा अध्यक्ष पदमा नेता डम्मर शर्माले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाले ३० वर्षको पूर्णकालिन राजनीतिमा यसपाली शशक्त उम्मेदवारका रुपमा आफूले दावि गरेको वताउदै जित सुनिश्चित रहेको ठोकुवा गर्नु भयो । पाल्पाको अखिलको राजनीतिवाट उदाएका नेता शर्मा २०४७ सालदेखि निरन्तर एमाले कपिलवस्तुको जिल्ला कमिटीमा विभिन्न पदमा रहेर कृयासिल हुदै आउनु भएको छ ।
उहा बलराम अधिकारी पार्टी अध्यक्ष हुदा २ पटक सम्म उपाध्यक्ष भएर काम गरि सक्नु भएको छ । विगतमा अध्यक्षकालागि झविलाल पोखरेलसंग प्रतिस्पर्धा गर्नु भएको थियो । तत्कालिन अवस्थामा पराजित भएपनि निरन्तर कृयासिल हुदै पछिल्लो समय प्रदेश कमिटी सदस्य रहेर कृयासिल हुनु भएको थियो । एक पटकका लागि अध्यक्ष बनेर संगठनलाई उत्तर दक्षिण पूर्व पश्चिम चारै भूगोमा शशक्त पार्न आफूले उम्मेदवारी घोषणा गरेको उहाले वताउनु भयो ।
खासगरी पाटीले सामाजिक समस्यको नेतृत्व गर्दा र चुनावी मोर्चा हाक्दा सधैभरी मुख्य जिम्मेवारी सम्हाल्ने शर्माले पार्टी हाक्ने अवसर ३० वर्षको पूर्णकालिन अवधीमा यस अघिवाटै खोजेपनि यसपाली सफल हुने दावि गर्नु भयो । उहा पढेलेखेको विद्धान नेता समेत मानिनु हुन्छ । मानविकी तर्फ समाजशास्त्रमा स्नातकोत्तर र बौद्ध विश्वविद्यालयवाट एमएविएस गरेका शर्मा हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययन गर्दै हुनुहुन्छ । उहाले दर्जनौ सामाजिक संघ सस्थामा परामर्श दाता र सल्लाहकारको रुपमा भूमिका निर्वाह गरि सक्नु भएको छ ।
एमालेको अध्यक्ष भएमा पार्टीलाई अहिले भन्दा धेरै उचाईमा पुरयाउने उहाको प्रतिवद्धता रहेको छ । अहिले धेरै आकांक्षी देखापरेपनि अन्तिम सम्म आफू सर्वसहमत रुपमा अध्यक्ष बन्ने उहाले दावि गर्नु भएको छ । एकपटक मात्र जिल्ला अध्यक्ष भएपछि अर्कोपटक नदोहोरीने उहाको प्रतिवद्धता रहेको छ ।
२३ पुस २०७८, शुक्रबार
प्रतिक्रिया