प्रदेश

महिनावारीमा प्रयोग गर्ने प्याडमा कर खारेज गर्न माग गर्दै युवाहरुको प्रदर्शन (रातो कर माफ गर )



काठमाडौं २४ पुस : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लाग्दै आएको कर खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। जावलाखेलमा भएको प्रदर्शनमा विभिन्न प्लेकार्ड बोकेर युवाहरुले सरकारसँग कर मिनाहाको माग गरेका हुन्।

युवाहरु ‘महिनावारीमा कर किन ?’, ‘रातो कर माफ गर’ आदि लेखिएको ब्यानर सहित प्रदर्शनमा भेला भएका थिए। यस्तै, महिनावारी सम्बन्धी नाटक र कविता पनि प्रस्तुत गरिएको थियो।

महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि केही महिनायता देखि विरोध प्रदर्शन हुँदै आएको छ। प्याड नि:शुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ।

स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएको छ। जसकारण बजारमा आउँदा प्याडको मूल्य बढ्न गएको छ। यस्तै, कच्चा पदार्थ आयात गर्नेलाई ५ प्रतिशत कर लगाउने गरिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ३१ लाख भन्दा बढी प्याड नेपाल भित्रिएको थियो। जसमा तीन करोड ६ लाख २० हजार आयात कर जोडिएको छ।

स्यानिटरी प्याड बिलासिता बस्तु नभएको भन्दै त्यसमा कर लगाउन नहुने भन्दै पहिलादेखि नै लबिङ हुँदै आएको हो।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६